Kath khabar
डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा

 

                          ललितपुर, कात्तिक २१ ।  ललितपुरको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएको   विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। चिकित्सिकहरुले एक विज्ञप्ति निकाल्दै कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका हुन् ।  

अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएपछि नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरमाथि कुटपिट गरेका हुन् ।  

ड्युटीमा खटिएका एक नर्सले इञ्जेक्सन दिएको पाँच मिनेटमा दुवै बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण उनीहरुको निधन भएको आरोप लगाएका छन् । निमोनियाको उपचारका लागि भर्ना भएका दुबै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए। 

डाक्टरले सुई लगाएपछि दुईजना बिरामी ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटी मृत्यु भएको भन्दै मृतकका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेका थिए ।  कुटपिट गर्नेमाथि छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत परेको ललितपुर प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update