Kath khabar
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

 

                   काठमाडौं, कात्तिक २१ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदाे तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधवार पनि देशको पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update