राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै
राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ
काठमाडौं, कात्तिक २१ । भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् । शुक्रबार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न पौडेल सुर्खेत आइपुगेका हुन् ।
राष्ट्रपति पौडेलले बारेकोट गाउँपालिका-१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोट लगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय