Kath khabar
क्लोजअप नेपालद्वारा “अरिजीत सिंह लाइभ इन नेपाल” कन्सर्टको टाइटल स्पोन्सरसिप घोषणा



                     काठमाडौं, कात्तिक २२ । विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रुपमा नाम कमाएको क्लोजअप नेपालले, यादगार पलहरु बनाउदै, युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धतालाई जारी राख्दै अति अपेक्षित “अरिजीत सिंह लाइभ इन नेपाल” कन्सर्टको टाइटल स्पोन्सरसिपको खुसी र गर्वकासाथ घोषणा गरेको छ ।

सन् २०२३, नोभेम्बर २५ काठमाडौँ, बौद्धस्थित हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम. एन. प्रोडक्सनले गरिरहेको छ । यस कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ ।

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक संजालमा फर्स्ट मुभ एट नजिक आउ डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो । यो स्पोन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो ।

यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य सङ्गीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु हो । यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकहरू प्रति क्लोजअप नेपाल आभारी व्यक्त गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update