रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
काठमाडौं, कात्तिक २३ । राष्ट्रपतिबाट कैद मिनाहा पाएर कारागारबाट रिहा भएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा गरी माफी दिने निर्णय गरेका थिए । राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय