सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज, पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा
काठमाडौं, कात्तिक २३ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा हुन लागेको उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
सर्वोच्चले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । यसअघि विभिन्न बहानामा पेसी पटक-पटक सर्दै आइरहेकोले मुद्दाको सुनुवाइ आज पनि हुने नहुने कुराको निश्चित छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय