काठमाडौं, कात्तिक २३ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशी स्थगितमा परेको हो ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरुले ‘रिट निवेदन समूह’का पेसीको गोला नै नतानेपछि चौधरीविरुद्धको रिटको पेसी पनि स्थगितको सूचीमा परेको हो । सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिन्छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन गत जेठ १५ गते चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको थियो ।
राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो ।