Kath khabar
च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी, युनाइटेड एफसी कोपनहेगनसँग पराजित

 

                काठमाडौं, कात्तिक २३ ।  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा रियल मड्रिडले पोर्चुगिज क्लब ब्रागालाई हराएको छ । रियलले ब्रागालाई ३-० गोलले हरायो ।

रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले १/१ गोल गरे । यो समूहमा नापोली र युनियन बर्लिनले १/१ गोलको बराबरी खेलेका छन् । समूह ‘सी’ बाट रियल ४ खेलमा १२ अङ्क जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ४ खेलमा ७ अङ्क छ । तेस्रो स्थानमा रहेको ब्रागाको ३ अङ्क छ ।

त्यस्तै, च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४-३ गोलले पराजित भएको हो । यो समूहमा बायर्न म्युनिखले गालाटासारायलाई २-० गोलले हराएको छ । बायर्नको जितमा ह्यारी केनले २ गोल गरे ।

बायर्न २ खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ । बायर्नको ४ खेलमा १२ अङ्क छ । पुछारमा रहेको युनाइटेडको ३ अङ्क छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update