Kath khabar
धनतेरसको दिन धनियाँ किन्नुहोस्, हुन्छ यस्तो लाभ


                     काठमाडौं, कात्तिक २३ । प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ।

यस वर्ष धनतेरस कात्तिक २४ गते भोलि परेको छ । दीपावली र धनतेरसमा लक्ष्मीलाई धनिया चढाइन्छ । यस दिन धनिया किन्नु शुभ मानिन्छ । धनियाले लक्ष्मीको पूजा गर्ने गरिन्छ । यसो गर्नाले घरमा सुख-समृद्धि आउँछ र साथमा सफलता पनि मिल्छ भन्ने जनविश्वास छ । त्यसैले धनतेरसमा धनिया किन्नुहोस् । लक्ष्मी मातालाई चढाएपछि धनियाको प्रसाद पनि बनाइन्छ ।

धनतेरसको दिन सुन, चाँदी, भाँडाकुँडा, सवारी साधन, इलेक्ट्रोनिक सामानलगायत विभिन्न किसिमका सामान खरिद गरिन्छ । धनतेरसको दिन पसलहरूमा धेरै उत्साह र भीड हुन्छ, तर जतिसुकै महँगो होस् वा विशेष किन्नुहोस्, धनतेरसको दिन झाडु र धनिया भने अवश्य किन्नुहोस् ।

धनतेरसमा धेरै महँगो सामान किन्न नसके पनि धनिया किन्नाले माता लक्ष्मीको कृपा प्राप्त हुने विश्वास छ । माता लक्ष्मीलाई धनिया असाध्यै मन पर्छ । धनिया किनिसकेपछि पूजाको समयमा लक्ष्मीको चरणमा अवश्य चढाउनुहोस् । यसो गर्दा घरमा सुख-समृद्धि कायम रहन्छ र कहिल्यै आर्थिक संकटको सामना गर्नुपर्दैन ।

धनियाको नैवेद्य पनि बनाइन्छ । सख्खर र धनिया मिसाएर बनाइएको नैवेद्य लक्ष्मीलाई प्रसन्न पार्न शुभ मानिन्छ। यसका साथै पूजा गर्दा लक्ष्मी मातालाई धनिया चढाएर आफनो दराजमा राख्नाले घरमा समृद्धि आउँछ ।

धनतेरसको दिन कुचो किन्दा लक्ष्मीको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ । झाडू सरसफाईसँग सम्बन्धित वस्तु हो । जुन घरमा सरसफाईको विशेष ख्याल गरिन्छ, त्यहाँ ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको वास हुने जनविश्वास छ ।

#धनतेरस

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update