सन्दीपविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश
काठमाडौं, कात्तिक २३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरे इजलासले बिहीबार दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो ।
यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला सर्दै आएको छ।
दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै बहस सुरु हुनेछ । अर्को पेसी मंसिर २४ गतेलाई तोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय