काठमाडौं, कात्तिक २४ । यस वर्ष तिहारमा काठमाडौं महानगरपालिका भित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ।
महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो’, मेयर शाहले शुक्रबार सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ’, सोही अनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।’