तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी
एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री वितरण र ओसार पसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ
काठमाडौं, कात्तिक २४ । नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।
यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी लगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।
एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री वितरण र ओसार पसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय