Kath khabar
टिकटक बन्द नगर्ने  इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

 

                 काठमाडौं, कात्तिक २८ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आज मंगलबार प्राधिकरणले सूचना जारी गर्दै सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

इन्टरनेट प्रदायक कम्पनीहरुले निर्देशन पालना नगरे दूर सञ्चार ऐन–२०५३ बमोजिम कारबाही गर्ने पनि प्राधिकरणले चेतावनी दिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो । टिकटकले समाजमा विकृति, विसंगति भित्र्याएको र सामाजिक सद्भाव खलबल्याएको सरकारको ठहर छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update