काठमाडौं, बैशाख ३ । एउटै क्याम्पमा हुँदा नेपाली क्रिकेटका पुर्व कप्तान विनोद दासलाई पारस खड्काले भन्नुभएको थियो ‘जसरी मेरो शरिर बढ्दैछ नेपाली क्रिकेटको दायरा पनि फराकिलो हुँदैछ ।’ अहिले पारसको जति अग्लो कद छ त्यती उचाइको सफलता उहाको कप्तानीमा नेपाली क्रिकेट पाएको थियो ।
पारसको क्रिकेट यात्रा
आफ्नो बाल्यकालमा उहाँ औषत भन्दा राम्रा फुटबल हुनुहुन्थ्यो । बास्केटबल पनि खेल्नुभयो । तर पछि यी उहाँलार्ई थाहा भयो कि म खेल्न कै लागि जन्मिएको हो भन्ने । अझ त्यो भन्दा बढि नेतृत्व गर्न कै लागि ।
घरमा सानै उमेर भएपनि केही काम पर्दा अगाडि सर्ने , अनुशासित भएर काम अघि बढाउने उहाँको छवि थियो । पढाइमा पनि अब्बल । स्कुलमै कुनै प्रतियोगितामा सहभागिता जनाउँदा उहाँ कप्तान बाहेक कुनै अरु भुमिकामा देखिनुभएन । देखुन् पनि कसरी उहाँनी नेतृत्व गर्नकै लागि जन्मिनुभएको थियो । त्यो पनि कुशल नेतृत्व । सन् २००२ मा उहाँले आफ्नो स्कुलबाट एक उमेर समुह क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो । खेलाडीको रुपमा अल राउण्डर छवि उहाँमा थियो ।
बलिङ ब्याटिङ दुवैमा उहाँ उत्कृष्ट हुनुहुन्थयो । त्यहाँ उहाँको स्कुल बिजयी भयो । र उहाँकोे क्रिकेट यात्रा पनि सुरु भयो । त्यस अघि न उहाँलाई थाहा थियो आफु राम्रो खेल्छु भन्ने न त उहाकै परिवारले चाल पाएका थिए । त्यसपछि उहाँ काठमाडौँ जिल्ला क्रिकेटका लागि छनोट हुनभयो ।
लगतै क्षेत्रीय प्रतियोगिताका खेल्न विरगंज पुग्नुभयो । त्यही प्रतियोगिताबाट उहाँले अण्डर १५ टिममा स्थान दिलायो ,। उहाँको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता युएइमा थियो । पारस उपकप्तान हुनुहुन्थ्यो । १६ वर्षको हुँदा यु १९ लागि छनौट हुनुभयो । जुन टिम विश्वकपको लागि पनि छनोट भयो । त्यसपछि उहाँ यु १७ को टिममा पनि छनौट हुनुभयो । त्यसबेला उहाँको कप्तान राज श्रेष्ठ हुनुहुन्थ्यो । राजले एक टेलिभिजनको अन्तरवार्तामा भन्नुभएको थियो ‘पारसको छवि कुल छ’ ।
त्यसको दुइ वर्ष पछि उहाँ राष्ट्रिय टिममा छनौट हुनुभयो । त्यो बेला नेपाली टोलीको कप्तान राजु खड्का हुनुहुन्यो । २००९ मा राष्ट्रिय टिमको कप्तानको खोजी हुँदा राजुले नै पारसको नाम सुझाउनु भएको थियो । किनभने पारसमा नेतृत्व गर्ने क्षमता पहिले देखि नै थियो । जो मैदानमा देखिन्थ्यो ।
कप्तान बनेपछि
पारस नेपाली क्रिकेटले पाएको सबैभन्दा सफल कप्तान हुनहुन्छ भन्दा फरक पर्दैन । किनभने उहाकै कप्तानीमा नेपालले डिभिजन फाइभ देखि एक दिवशिय क्रिकेटको मान्यता पायो । २००९ मा उहाँलाई कप्तान बनाउँदा नेपाल क्रिकेट संघ क्यानको आलोचना भएको थियो । त्यो बेला तत्कालीन कप्तान विनोदले नै टिम सम्हाल्नुपर्छ भन्ने कुरा आएको थियो । अर्को पारसभन्दा सिनियर शक्ति गौचन, महबुब आलम जस्ता सिनियर खेलाडी टिममा थिए । युएइमा भएको एसिसि ट्रफी कप उहाँले कप्तानी सम्हालेपछि नेपाली क्रिकेट टिमले खेलेको पहिलो अन्तराष्ट्रिउ क्रिकेट हो । जहाँ नेपाल समुह चरणबाट बाहिरियो । तर उहा रोकिनुभएन ।
पारस त त खहरे खोला होइन नदी जस्तो भएर बग्नुभयो । उहाँकै नेतृत्वमा २०१० मा नेपाली अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसी मान्यता प्राप्त पहिलो उपाधी जित्यो । २०१२ मा नेपाल एसीसी ट्रफीको संयुक्त बिजेता बन्यो । त्यसबाहेक सन् २०१२ मा डिभिजन चार तथा २०१३ –१४ डिभिजन ३ को उपाधी नेपालले जित्यो । एसीसी टी ट्वान्टी कपमा तेस्रो भएपछि नेपालले २०१४ को टि–ट्वान्टी विश्वकप नै खेल्यो ।
नेपालले अहिले सम्म क्रिकेटमा खेलेको सबैभन्दा ठुलो टुर्नामेण्ट यही ने हो । उक्त खेलमा नेपालले अफ्गानिस्तान र हङकङलाई हराएपनि बंगलादेशसँग रनरेटका आधारमा पछि परेपछि नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । त्यही त नेपाली क्रिकेट टर्णिङ पोइन्ट । त्यहाँबाट हरेक गल्लीमा क्रिकेट खेल्न थालियो । जिल्ला जिल्ला क्रिकेट गतिविधी हुन थाल्यो । व्यवासायिक क्रिकेट पनि सुरु भयो । २०१४ पछि क्यानले एनपिएल नेपाल प्रिमियर लिगको सुरुवात गर्यो । त्यसको दुइ वर्ष पछि आइसीसीले क्यानलाइ निलम्बन गर्यो ।
क्यानमा राजनीती स्वार्थ हाबी भएपछि आइसीसीले क्यानलाई काबार्ही गर्यो । क्यानका पदाधिकारीको कर्तुत बाहिर ल्याउन पारसको पनि मुख्य हात छ । उनले खेलाडीहरुमा भएको अन्यायलाई आफैले बोले । सबै खेलाडीको आवाज मिडियासामु आफैले बोले । नेपाली क्रिकेटको घरेलु संरचनाहरु त्यस पछि दु्रत गतिमा बन्न सकेनन् । प्रतियोगिताहरु सुन्य प्राय रहे । क्यानका केही पदाधिकारी बाहेक सबै कुनै पनि क्रिकेट गतिविधीमा देखिनै छोडे |
क्यान निलम्बन हुँदा नेपाली क्रिकेट धरासायी बनेको भन्ने चाहिँ होइन । व्यापारिक घृणा र निजी लगानीमा आएको एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग तथा धनगढि प्रिमियर लिग पनि सञ्चालनमा आए । संघ निलम्बन भएपनि आइसीसीले खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा भने सहभागि हुन बार लगाएन । खेलाडीहरु खेल्दै गए । र पारसकै नेतृत्वमा नेपालले २०१८ मार्च १५ मा एक दिवसीय मान्यता पायो । त्यसको ठिक एक वर्ष पछि क्यान फुकुवा भएलगतै कप्तानी पदबाट राजीनामा दिनुभयो । केहीको भनाई छ कि क्यानकै पुराना पदाधिकारी आएपछि उहाँको अरुचि बढेको हो । तर यसको बारे उहाँले कहिले कसैसामु खुलेर भन्ु्नुभएको छैन। टेष्ट मान्यता दिलाउने सपना देखेको पारसले किन ब्रेक लगानुभयो भन्ने कुरा नि स्पष्ट अझै छैन ।
खेलाडीका रुपमा पारस
पारसको कप्तानीमा नेपालले १० वर्ष खेल्यो र यो क्रममा नेपाली क्रिकेटले स्वर्णिम यात्रा तय गरेको थियो । उहाँको कप्तानी इनिङ्स पक्कै भन्न मिल्छ । पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्ललाई कप्तान नियुक्त गर्यो । तर पनि मैदानमा उनको टिमलाई सम्हाल्ने शैली अहिले पनि परिवर्तन भएको छैन ।
खेल हुँदा नहुँदा खेलाडीलाई हौसला दिन उनी पछि छैनन् । २०१९ मा भएको विश्व क्रिकेट लिगको टु अन्तगर्त ओमान र अमेरिका सम्मलित ट्राइ सिरिज नेपालमै भएको थियो । जहाँ खेलाडीको भुमिका मात्र देखिएका पारसले सबै खेलाडीलाई हौसला दिने काम गरिरहनु भएको थियो । ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उहाँले नै निर्देशन दिइरहेको देखिन्थ्यो ।
त्यसपछि उहाँले २०१९ बाट टिम आबु धावीबाट टि–१० लिग खेल्नुभयो । अहिले उहाँ त्यहाँ मेन्टरका रुपमा नियुक्त हुनुभएको छ । इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा उहाँले आफ्नो दोस्रो सिजन आबु धावीबाट टि–१० मा सहभागि जनाएर नेपाल फर्किसक्नुभएको छ । उहाँको सिफारिसमा करण केसी, सोम्पाल कामी तथा कुशल मल्लले पनि यस पटक टि–१० मा मौका पाएका हुन् |
यसमाको उहाँको अग्लो कद जस्तै नेपाली क्रिकेटको पनि दायरा फराकिलो हुँदै गइरहेको छ । उहाले कप्तानबाट सन्यास लिँदा अब खेल जिवन पछि क्रिकेटको प्रशासनमा ध्यान दिनेछु भन्नुभएको थियो । यसलाई विश्वास गर्ने प्रशस्त ठाउँ छ । जति पनि आएका मौकामा उहाँले आफुलाई प्रमाणित गरिरहनु भएको छ ।