काठमाडौं, असार ११ । एनएमबी लघुवित्त वित्तिय संस्था लिमिटेडले एस.बी.सोलुसन्स प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एन्एमबी लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एस.बी.सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, लघुवित्त संस्थाहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणकोरुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एनएमबी लघुवित्त वित्तिय संस्था, राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो लघुवित्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । एनएमबी लघुवित्त वित्तिय संस्थाको लगभग दुुई लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि ११० भन्दा बढि शाखाहरु रहेका छन् ।
एस्.बी. सोलुसन्सले बैंक तथा वित्तिय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एस.बी.सोलुसन्स प्रा.लि. ले डिजि हब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।