काठमाडौं, कात्तिक ३० । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्दैछ । दुबईस्थित अल माक्तुम स्टेडियममा नेपालको समयअनुसार राति साढे ९ बजे खेल सुरु हुनेछ । यसपछि नेपालले दोस्रो खेल मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।
विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।
यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, र छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् । नेपालका भरपर्दा डिफेन्डर अनन्त तामाङ भने चोटका कारण यस खेलमा रहने छैनन् ।