आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो
काठमाडौं, मंसिर १ । सुनको भाउ आज शुक्रवार एकै दिन २ हजार ३ सय रुपैयाँले बढेर तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
गएको सोमवार सुनको भाउ तोलामा १ लाख १३ हजार २ सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
यस्तै चाँदी तोलाको २ हजार ४ सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा भाउ तोक्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय