Kath Khabar
बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते

 

                  बाँके, मंसिर १ ।  बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योगमा फरार रहेका आकाश रानालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय राना घाइते भएका छन् । फरार सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

हिजो बिहान कोहलपुरको चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको लखनउमा पठाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update