Kath khabar
लप्सिफेदीमा राखिएको सशस्त्र बेस क्याम्प हटाउन नेकपाको माग


                     काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको लप्सिफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो  ।

नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लप्सिफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन सरकारसँग माग गरेका हुन् । ‘अमेरिकी सहयोग परियोजना एमसीसीको सबस्टेशन राख्ने भनिएको काठमाडौंको लप्सिफेदीमा सरकारले जवरजस्त सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट राखेको घटनाप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीका विरुद्धमा लडिरहेका लप्सिफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन हाम्रो पार्टी नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।’

शुक्रबार राती भएको झडपमा आफ्ना कार्यकर्तासमेत घाइते भएको विज्ञप्तिमा उल्लेख छ । ‘कात्तिक १ गते राती जनताको स्वतःस्फूर्त आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क. विजय सी र काठमाडौं जिल्ला नम्बर ३ का सेक्रेटरी क. दिव्य सीमाथि नेकपा (माओवादी केन्द्र) शंकरापुर नगर सचिव किशोर तामाङसहित, दिनेश तिवारी, सुनिल नगरकोटी, सुवास लामाङ, कर्म बल लगायत ११ जनाले गरेको साङ्घातिक हमलाको घोर निन्दा एवम् भर्त्सना गर्दै घाइते कमरेडहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update