आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए
अहमदाबाद, मंसिर ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगको खेलमा भारत दबाबमा देखिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए ।
अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् । कोहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरको खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय