Kath khabar
टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

 

                      काठमाडौं, मंसिर ४ । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।

गत शुक्रबार सर्वोच्चमा परेका दश रिटमाथि आज सुनुवाइ हुन लागेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रतिबन्ध लगाउने सरकारी निर्णय बदरको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

सामाजिक सद्भाव बिगारेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

दायर गरिएको निवेदनमा सरकारको उक्त निर्णयले वाकस्वतन्त्रतामाथि प्रहार भएको भन्दै निर्णय खारेज गर्न माग गरिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update