काठमाडौं, मंसिर ४ । गत अक्टोबर ७ तारिखमा इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको हो ।
इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले एक्स (ट्वीटर) मार्फत घाइते भएका २ व्यक्तिहरुलाई अस्पताल लग्दै गरेको सिसिटिभी भिडियो पनि सार्वजनिक गरेको छ । ति मध्ये एक थाई नागरिक र अर्का नेपाली नागरिक बताइएको छ । ति घाइते अवस्थामा अस्पताल लगिएको व्यक्ति विपिन जोशी हुनसक्ने अनुमान गरिएको छ।
जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023