फिफा विश्वकप छनोटमा आज नेपाल र यमन भिड्दै
काठमाडौं, मंसिर ५ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए।
विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्। पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय