माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, मंसिर ५ । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालयलको उक्त निर्णयले नेपालको संविधानको धारा १६, धारा १७ र धारा १८ ले प्रत्याभूत गरेको, नागरिकको मौलिक हकमा आघात पुगेको भन्दै अधिवक्ता स्वागत नेपालले रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले निवेदनको प्रारम्भिक सुनुवाइको मिति बुधबारका लागि तोकेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १४:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय