Kath khabar
विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार

 

                      काठमाडौं, मंसिर ६ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग पराजित भएको छ। मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोलको अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि यमनले दोस्रो हाफमा २ गोल गर्यो । यमनका लागि ओमर अब्दुल्लाहले ७२ र अब्दुल्लाह अल दाहीले अन्तिम मिनेटमा गोल गरे ।

नेपालले पहिलो खेलमा समूहको शीर्ष स्थानमा रहेको यूएईसँग ४-० गोलले हार बेहोर्दा यमन बहराइनसँग २-० गोलले पराजित भएको थियो।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा यूएई, बहराइन र यमन ३ अंक जोड्दै शीर्ष तीनमा छन्, नेपाल चौथो स्थानमा छ ।

समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update