Kath khabar
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा

 

                   ललितपुर, मंसिर ६ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो ।

आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित युएन हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै अब यस ठाउँ वरपर पाँच जना भन्दाबढी मानिस भेला भएर जुलस, प्रर्दशन, नाराबाजी, धर्ना लगायतका कार्यक्रम गर्न पाउने छैनन्। आगामी ७ गते गरिने भनिएका विरोध जुलुसलाई केन्द्रमा राखेर निषेधाज्ञा जारी गरिएको हो।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update