Kath khabar
भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्रै सवारी लिएर निस्किन ट्राफिक प्रहरीको अनुरोध

 

                   काठमाडौं, मंसिर ६ । ट्राफिक प्रहरीले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्किन अनुरोध गरेको छ।

विभिन्न समुहद्धारा काठमाडौंका विभिन्न स्थानहरुमा र्याली, जुलुस गर्ने भनिएकोले काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुन सक्ने भन्दै कार्यालयले आज एक सूचना मार्फत अनुरोध गरेको हो ।

घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर सडकको अवस्था बुझेर मात्र निस्कन कार्यालयले आग्रह गरेको छ।

भोलि युवा संघ नेपालले काठमाडौंको तिनकुनेमा र दुर्गा प्रसाईँ समूहले बल्खुमा कार्यक्रम आयोजना गर्दैछन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update