चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला

चितवन, मंसिर ६ । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हातखुट्टा बाँधेको दुईवटा शव फेला परेका छन् ।
आज दिउँसो एक बजे अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिला र पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन ।
शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमाना मिलनचोकस्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । चितवन प्रहरीका डीएसपी विजयराज पण्डितको अनुसार दुवै जनाको शव छुट्टाछुट्टै जुटको बोरा भित्र रहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय