Kath khabar
काठमाडौंमा भूकम्पको धक्का, चित्लाङ केन्द्रबिन्दु


                      काठमाडौं, मंसिर ७ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update