धनकुटामा एकैघरका तीनजनाको शव फेला
धनकुटा, मंसिर ७ । धनकुटा नगरपालिका-१ निगालेमा एकै घरका तीन जना मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजुबाबु महर्जनले जानकारी दिए । प्रहरीका अनुसार उनकी ६ वर्षकी छोरी भने सकुशल छिन् ।
टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय