काठमाडौं, मंसिर ७ । काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रबिन अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोकर्णेश्वगर नगरपालिका-८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका-९ घर भएका ३८ वर्षीय प्रेम कुमार भुजेल र सोही नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भएका २८ वर्षीय संगम पोख्रेल आ-आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं महानगरपालिका-३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा मंसिर ४ गतेदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन शाह बसेकै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।