Kath khabar
केपी ओली कप टी–२० क्रिकेटमा बाग्मतीको फराकिलो जित, कप्तान सन्दीपले लिए ४ विकेट

 

                      पोखरा, मंसिर ७ । पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम रातोलाई हराउँदै टिम बागमतीले विजयी सुरुवात गरेको छ ।

आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको केपी ओली कपको उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टसको टिम रातोलाई १०९ रनले हराएको हो ।

बागमतीले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको रातो टिम १४.२ ओभरमा ७५ रन बनाउँदै आउट भएपछि बागमतीले शानदार विजयी सुरुवात गरेको हो ।

बलिङतर्फ टिम बागमतीका कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने ४ विकेट लिए । शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update