काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानसहित यूवालाई सडकमा उतारेका प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । उनले व्यवस्था परिवर्तन नहुञ्जेलसम्म यो आन्दोलन कायम रहने बताएका छन् ।
पहिलो दिन बुधबार काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्याली निकालेको थियो । उनीहरुले 'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ', 'गणतन्त्र खारेज गर्, नारायणहिटी खाली गर्', 'हिन्दु राष्ट्र कायम गर्' लगायतका गणतन्त्र र व्यवस्थाबिरोधी नारा लगाएका छन् ।
बल्खुमा कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको झडप भएको थियो। प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा स्थिति असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् । उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ।