काठमाडौं, मंसिर ८ । प्रहरीले तीनकुनेमा रहेका दुर्गा प्रसाईंका समर्थकलाई नियन्त्रणमा लिएको छ । आज ११ बजेदेखि तीनकुनेमा हुने भनिएको प्रदर्शन हुनु अगावै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रशासनको आदेश विपरीत तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज तिनकुनेमा प्रदर्शन गर्ने भनेका प्रसाईंलाई प्रशासनले रोक लगाएको छ । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन गरिएको छ । भक्तपुरको ठिमीमा रहेको आफ्नै घरमा उनी नजरबन्दमा परेका छन् ।
शान्ति सुरक्षामा खलल पुर्याउने उद्धेश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको छ ।