काठमाडौं, मंसिर ८ । बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटमा कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओपनर रित गौतम र ब्याटसम्यान ईशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको शानदार बलिङमा बागमती प्रदेशले प्रथम केपी ओली टी-२० क्रिकेट प्रतियोगीतामा लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे ।
बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए । दिवान पुन र अनुज चहराले १–१ विकेट लिए ।
यसअघि हिजो बिहीवार भएको खेलमा बाग्मतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी 'रातो' टोलीलाई १ सय ९ रनले हराएको थियो ।