काठमाडौं, मंसिर १० । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवल्दार, ४ प्रहरी सहायक हवल्दार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको हो ।