काठमाडौं, मंसिर १० । दुर्गा प्रसाईं समूहले आइतबारको लागि तय गरेको आन्दोलन स्थगित गरेर उपत्यकामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
महाअभियानले भक्तपुरमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्दै अभियानले काठमाडौंको कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा एकैपटक सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।
एक सूचना जारी गर्दै प्रसाई नेतृत्वको महाअभियानले भक्तपुरको दरबार क्षेत्रभित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
‘केन्द्रीय समितिको बैठकको निर्णय अनुसार २०८० मंसिर १० गतेका दिन भक्तपुरको दरबार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रमलाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, प्रसाईं नेतृत्वको महाअभियानले जारी गरेको सूचनामा उल्लेख छ ।