Kath khabar
सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय पुग्यो

 

                   काठमाडौं, मंसिर ११ । सुनचाँदीको भाउमा लगातार बृद्धि भईरहेको छ । साताको दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ सय र चाँदी २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको पनि बढेर मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, चाँदीको मूल्य पनि सोमबार उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँमा कारोबर भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update