दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी भएर भड्किलो भाषण गरेपछि आचार्य श्रीनिवास पक्राउ
काठमाडौं, मंसिर १० । वैष्णव सम्प्रदायका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
दुर्गा प्रसाईंको अभियानमा सहभागी भएर भड्किलो तथा उग्र भाषण गरेपछि प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेका थिए ।
उनी धरान घटनाका विषयमा हिंसात्मक अनि धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण पनि पक्राउ परेका थिए । त्यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पनि उनी पक्राउ परेका थिए । पछि आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय