Kath khabar
प्रदिप खड्का बन्दैछन् भारतीय चलचित्रको पनि नायक, बलिउडमा चुलियो चर्चा


                      काठमाडौं, मंसिर १३ । अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन् । 'ऐरी' मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन् ।

मंगलबार निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ । प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछन् ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म 'प्रेमगीत ३' को हिन्दी संस्करणका निर्माता हुन् । यो फिल्मको छायांकन भारतमै हुने छ । फिल्म हिन्दीसहित विभिन्न भाषामा पनि निर्माण हुने बताइएको छ ।
 

 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update