Kath khabar
एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

 

                     काठमाडौं, मंसिर १३ । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी मलेसियाको आजियाटा समूहले नेपालबाट बाहिरिने घोषणा गरेको छ ।

नेपालको व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको छ ।

एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व छ । बाँकी २० प्रतिशत शेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको शेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले शेयर किनेको थियो । शेयर किनेको ७ वर्षपछि आजियाटा पनि बाहिरिने निष्कर्षमा पुगेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update