रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं, मंसिर १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।
महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । याे निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ ।
पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय