Kath khabar
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु


                 काठमाडौं, मंसिर १४ ।  नवौँ नेपाल इन्टरनेसनल ट्रेड फेयर २०२३ बिहीबार देखि भृकुटीमण्डपमा शुरु भएको छ। बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

‘नेपाली वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने नारा सहित शुरु भएको मेला मंसिर १८ गतेसम्म चल्नेछ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update