लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो
काठमाडौं, मंसिर १५ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबारदेखि लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज साताको अन्तिम दिन भने घटेको हो ।
आज छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।
यस्तैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलामा एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय