Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ८ जना थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो

 

                 काठमाडौं, मंसिर १५ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पा सहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । तर पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ ।

एक जना न्यायाधीशले  बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update