काठमाडौं, मंसिर १८ । देशका केही भू-भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ । केही भू-भागमा हिमपात भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ । दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोशी, मधेश, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । नेपालमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।