Kath khabar
सुनको भाउमा फेरि नयाँ रेकर्ड

 

                काठमाडौं, मंसिर १८ ।  सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो । शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजारमा झरेको थियो ।

शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ । चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

यसअघि सोमवार सुन प्रतितोला १ लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २,०४७ डलर हाराहारीमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update