Kath khabar
सर्वोच्च अदालतले आज टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

 

                   काठमाडौं, मंसिर १९ ।  टिकटक माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज मङ्गलवार पेशी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिएको भए पनि यो मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो । 

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेशी तोकेको थियो । अदालतले यो विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश गरेको थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएको कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update