काठमाडौं, मंसिर २० । नेप्से बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ३.३३ अंकले बढेर १८ सय ४१.४ अंकले चढेको छ । सेन्सिटिभ भने आज शुन्य दशमलव ३६ अंकले घटेर ३५०.७० अंकमा झरेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको ३४ हजार ९७१ पटकको कारोबारमा ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैंयाँ पुगेको छ ।
नेपाल नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन र उत्पादन मुलक सहितका ५ वटा समुहहरुको सुचक घटेका छन् भने बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका ८ वटा समुहहरुको सुचक बढेका छन् ।
कारोेबार भएका कुल कम्पनीहरु मध्ये आज ग्लोवल आईएमई लघुवित्त वित्तीय, बिशाल बजार कम्पनी, हिमालयन पावर पार्टनर आदिको सेयर मुल्य बढेको छ भने सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आदि परेका छन् ।