Kath khabar
आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध

 

                काठमाडौं, मंसिर २१ ।  पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर गौशाला मित्रपार्क सडक देखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरी देखि दक्षिण भित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

jipraka1701938927.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update